जोडिनुहोस
  • होमपेज
  • खोलाले बगाउँदा रुकुममा २ जनाको मृत्यु

खोलाले बगाउँदा रुकुममा २ जनाको मृत्यु

काठमाडौं। रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नम्बर ६ की ३२ वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का ५० वर्षीय सर्जन पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए।

रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरूलाई खोलाले बगाएको थियो। प्रहरीका अनुसार मोटरसाइकल निर्मलाले चलाएकी थिइन्।

उनीहरूको शव सोमबार बिहान प्रहरीले फेला परेको थियो। सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो।

घटनास्थलको मुचुल्का गरी शवलाई सदरमुकाम ल्याइएको छ। शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका