जोडिनुहोस
  • होमपेज
  • घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका