जोडिनुहोस
  • होमपेज
  • चलचित्र ‘१२ गाउँ’को गीत ‘कसो कसो’ सार्वजनिक (भिडिओ)

चलचित्र ‘१२ गाउँ’को गीत ‘कसो कसो’ सार्वजनिक (भिडिओ)

काठमाडौं। अभिनेता बिराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’को गीत ‘कसो कसो’ सार्वजनिक भएको छ ।

दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको गीत ‘कसो कसो’ सोमबार दिउँसो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा फिल्मका डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनू चन्द्रपालको रोमान्स नृत्य देख्न सकिन्छ ।

यस गीतमा सुवास चन्द्र ढुङ्गेलको शब्द रहेको छ भने रचना निरज सिंहको रहेको छ । यस गीतमा गायक सुगम पोखरेल र सदिक्ष्या कट्टेलले आवाज दिएका छन् । कोरियोग्राफर रामजी लामिछाने हुन् ।

फिल्ममा समीरका साथै विराज भट्ट पनि मुख्य भूमिकामा छन् । पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दिया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि फिल्ममा अभिनय छ ।

फिल्ममा साउथका स्टन्ट सिल्भाले द्वन्द्व निर्देशन गरेका छन् । उनलाई शंकर महर्जनले सघाएका छन् । महेश पौडेलले फिल्मको छायांकन गरेका हुन् ।

हेर्नुहोस् भिडिओ : 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका