जोडिनुहोस
  • होमपेज
  • चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा एकै वर्ष आठ वटा छावा थपिने

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा एकै वर्ष आठ वटा छावा थपिने

चितवन। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठ वटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यस वर्ष दुई वटा बच्चा जन्मिसकेका छन् भने ६ वटा जन्मिने क्रममा छन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार यसअघि २०८० सालमा दुई वटा र २०७९ मा ६ वटा छावा जन्मिएका थिए ।

बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनः गर्भवती हुनयोग्य हुने जनाइएको छ । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ ।

चौधरीका अनुसार प्रजनन केन्द्रमा अहिले ११ माउ र १० छावा छन् । हात्ती प्रजनन केन्द्र विं.सं. २०४४ देखि शुरू भएको हो । विं.सं. २०५४ देखि बच्चा जन्मिन थालेका थिए । अहिलेसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका