जोडिनुहोस
  • होमपेज
  • चीनको बीआरआईलक्षित प्रधानमन्त्रीको भनाइः अहिले सकेसम्म कतैबाट ऋण लिँदैनौँ

चीनको बीआरआईलक्षित प्रधानमन्त्रीको भनाइः अहिले सकेसम्म कतैबाट ऋण लिँदैनौँ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न (मंसिर १७ गदेखि) चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन्।

नेकपा (एमाले)को उपत्यकास्थित तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्न मात्रै नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे । ओलीले सम्बोधनका क्रममा अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताएका छन् ।

चीनले अघि बढाएको बीआरआई परियोजनाअन्तर्गत तत्काल ऋण लिन नहुनेअडान अर्को सत्तारुढ दल नेपाली कांग्रेसले लिइरहेको छ । यदि चीनले अनुदानमा बीआरआई अघि बढाउन तयार भएमा सहमत हुन सकिने कांग्रेसको अडानपछि ओलीको यस्तो भनाइ आएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका