जोडिनुहोस
  • होमपेज
  • छानबिन समितिले भन्यो– जीबी राई समूहले धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखियो

छानबिन समितिले भन्यो– जीबी राई समूहले धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखियो

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गितेन्द्रबाबु राई (जीबी राई) समूहले हर्बो र गोर्खा ग्रुप मातहतका कम्पनीमा ऋण दिने र कानूनी परिबन्द पारेर फसाउने गरेको निचोड निकालेको छ ।

शुक्रबार सार्वजनिक गरिएको समितिको प्रतिवेदनमा धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको उल्लेख छ । यसबारे छानबिन गरी कारबाही गर्नुपर्ने निष्कर्ष समितिको छ । “समग्रमा जीबी राईको समूहले हर्बो र गोर्खा ग्रुपका मातहतका व्यक्ति र कम्पनीहरूमा सहकारीको पैसा ऋण दिने, ऋण दिएबापत बिनालगानी सेयर हिस्सा लिने, विस्तारै सबै ऋणीहरूलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरूलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको छ,” प्रतिवेदनमा उल्लेख छ, “यो सबै विषयको लागि सरोकारवाला सबै निकायमा निर्देशन दिएर सत्य तत्थ छानबिन गर्दै कारबाही गर्नुपर्ने देखिन्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका