जोडिनुहोस
  • होमपेज
  • जय ट्रफी कपः बागमतीलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

जय ट्रफी कपः बागमतीलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

काठमाडौं। जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताामा बागमती प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ५ विकेटले हराउँदै पुलिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । आइतबार बागमतीले दिएको ११६ रनको लक्ष्य नेपाल पुलिसले ५ विकेटको क्षतिमा पूरा गरेपछि फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिसका अमित श्रेष्ठले लगातार अर्धशतक प्रहार गरे । पहिलो इनिङमा ७९ रनको उत्कृष्ट इनिङ खेलेका श्रेष्ठले दोस्रोमा ४४ बलमा ५६ रन बनाए । कुशल भुर्तेलले दोस्रो इनिङमा विष्फोटक सुरुवात गर्दै १९ बलमा ३२ रन जोडेर आउट भए ।

बागमतीका सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, सूर्य तामाङ र प्रतिस जिसीले एक÷एक विकेट लिए ।

अब उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल खेल तीन दिवसीय हुनेछ । फाइलन खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका