तनहुँ। ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा बुधबार दिउँसो अजिङ्गर भेटिएको छ। आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो।
उक्त अजिङ्गरलाई आयोजनाको वन्यजन्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उनले बताए। दुई दिनअघि पनि व्यास नगरपालिका–२ अमरापुरीस्थित एउटा रूखमा अजिङ्गर भेटिएको थियो।
उक्त अजिङ्गरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो। जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका–२, कुश्मा–बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको हो।
प्रहरीका अनुसार ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोकिँदा दुर्घटना भएको हो। डीएसपी भुसालका अनुसार घाइतेहरूको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ।