जोडिनुहोस
  • होमपेज
  • जापानका प्रधानमन्त्री किशिदाले दिए राजीनामा, नयाँ सरकार गठन हुँदै

जापानका प्रधानमन्त्री किशिदाले दिए राजीनामा, नयाँ सरकार गठन हुँदै

काठमाडौं। जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्युजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पूर्वसन्ध्यामा राजीनामा दिएको हो ।

किशिदा सन् २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए । उनले योशिहिदी सुगाको स्थान लिएका थिए । सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि अब उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले आजै प्रधानमन्त्रीको नियुक्ति लिएर पद सम्हाल्ने जनाइएको छ ।

शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् । हालको संसदको कार्यकाल सन् २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरूले बताएका छन् ।

जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसदको संख्या ४५ रहेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका