जोडिनुहोस
  • होमपेज
  • जीप दुर्घटनामा घाइते दुई जनाको मृत्यु

जीप दुर्घटनामा घाइते दुई जनाको मृत्यु

सल्यान। सल्यानमा बोलेरो जीप दुर्घटनामा परी घाइते भएका दुईको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिका–४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको जीप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेसमबहादुर खत्रीका अनुसार सोमबार बेलुकी जीप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका–३ घर भएका चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का वर्ष ५५ का टोपबहादुर साहु, वर्ष ५५ की लाली रावत, वर्षका ४० की पूर्णकला बस्नेत, वर्ष २९ का रबिन्स महतरा घाइते भएका थिए।

घाइते भएका साहुको जिल्ला अस्पताल सल्यानमा र लाली रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि खत्रीले जानकारी गराए। उनका अनुसार अन्य घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको छ।

सडक बिग्रेकाले जीप अनियन्त्रित भएर दुर्घटनामा परेको उनले जानकारी गराए। उनका अनुसार दुर्घटनामा परेको जीप सडकदेखि २५ मिटर तल खसेको थियो।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका