जोडिनुहोस
  • होमपेज
  • जीप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन

जीप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन

बागलङ। मध्यपहाडी लोकमार्गमा सरकारी जीप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ।

घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको हो। तीन जनाको मृत्यु भए पनि अन्य एक पुरुषको पहिचान खुलेको छैन।

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर–२ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो।

जीपमा सवार २ महिला र १ पुरुषको शव भेटिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ। घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका