जोडिनुहोस
  • होमपेज
  • झापामा अस्पतालको शौचालयबाट कैदी फरार

झापामा अस्पतालको शौचालयबाट कैदी फरार

झापा। झापामा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आइतबार फरार भएका छन्। फरार हुनेमा २४ वर्षीय जीवन साह छन्।

प्रहरीका अनुसार भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आइतबार बिहान उनी फरार भएका हुन्। त्यहाँ उपचाररत साहलाई आज बिहान ३४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ।

छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले फरार कैदी साहको खोजी भइरहेको बताए। यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए। फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका