जोडिनुहोस

आर्थिक

झिनो अंकले बढ्यो नेप्से

  • Sanchar NP
  • आइतवार, फाल्गुन ४, २०८१
झिनो अंकले बढ्यो नेप्से

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा रोकिएको छ । नेप्से झिनो अंकले बढ्दा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर कारोबार भएको छ ।

आज १२४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । दिनभरमा २९९ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ३७४ पटक शेयर किनबेच भएको छ।

यस्तै २ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये आज ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ । बसैभन्दा बढी हाइड्रोपावर समूह १.७६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.०१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी फाइनान्स समूह ३.४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०.०७ प्रतिशतले घटेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका