जोडिनुहोस
  • होमपेज
  • झ्याप्ले खोलामा थप तीन जनाको शव फेला

झ्याप्ले खोलामा थप तीन जनाको शव फेला

काठमाडौं। काठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ।

प्रहरीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ। उक्त पहिरोमा थप तीनवटा शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान भएको छैन। गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशङ्का गरिएको भए पनि पुष्टि भने भइसकेको छैन।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौँदी यातायात प्रालिले जनाएको छ।

उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ। यसअघि हिजो सोही ठाउँबाट १४ शव फेला परेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका