जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै चितवन

सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै चितवन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

चितवन राइनोज तीनमध्ये दुई खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा छ । चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो भने कर्णाली याक्स विरुद्धको खेलमा भने पराजित भएको थियो ।

यस्तै सुदूरपश्चिमले भने आफ्ना यसअघिका तीनै खेल जितेको छ । उसले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका