काठमाडौं। त्रिकोणत्मक टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज क्यानाडाको सामना गर्दै छ । किंग सिटी स्थित मप्ले लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति पौने १० सुरु हुने छ ।
यस सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजिमा रहँदा गएराति सम्पन्न खेलमा ओमानविरुद्ध ८ विकेटले पराजित घरेलु टोली पुनरागमन गर्ने योजनामा हुने छ ।
यस टी–२० आई सिरिजमा सहभागी ३ वटै टोलीले १–१ खेल हारेका छन् । पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुने छ ।
निरन्तरको हारको श्रृंखला अन्य गर्दै दोस्रो खेलमा नेपालले ओमानविरुद्ध ३७ रनको सहज जित हात पारेको थियो । यस खेलमा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले अल राउन्ड प्रदर्शन गरेका थिए । नेपाल र क्यानाडाबीच हालसम्म ३ टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा क्यानाडाले २ र नेपालले १ खेल जितेको छ ।