जोडिनुहोस
  • होमपेज
  • टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने वेस्ट इन्डिजका ड्वेन ब्राभोले सन्न्यास लिए

टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने वेस्ट इन्डिजका ड्वेन ब्राभोले सन्न्यास लिए

काठमाडौं। वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले सबैखाले क्रिकेटबाट सन्न्यास लिएका छन् । चोटका कारण ब्राभोले फ्रेन्चाइज क्रिकेट ‘क्यारेबियन प्रिमियर लिग’ (सीपीएल) चलिरहँदै सन्न्यासको घोषणा गरेका हुन् । उनले आफ्नो दिमागले अझै क्रिकेट खेल्न चाहेको तर शरीरले अनुमति नदिइरहेको बताएका छन् ।

ड्वेन ब्राभो टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर हुन् । उनले ५ सय ८२ टी–२० क्रिकेटमा ६ सय ३१ विकेट लिएका छन् । ब्राभोले आफ्नो १८ वर्षको खेल जीवनमा वेस्ट इन्डिजबाट ४० टेस्ट, १ सय ६४ एकदिवसीय अन्तर्राष्ट्रिय र ९१ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ३ सय ६३ विकेट लिएका छन् । यस्तै उनले यी सबै फर्म्याटमा गरी पाँच शतक र २७ अर्धशतकसहित ६ हजार ३ सय २३ रन बनाएका छन् ।

ब्राभोले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका चर्चित फ्रेन्चाइज लिग पनि खेलेका छन् । उनले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका