जोडिनुहोस
  • होमपेज
  • ‘तेल भिसा’ फिल्मका निर्माताले अमेरिका लैजान्छु भन्दै डेढ करोड ठगी गरेको आरोप, प्रहरीमा उजुरी

‘तेल भिसा’ फिल्मका निर्माताले अमेरिका लैजान्छु भन्दै डेढ करोड ठगी गरेको आरोप, प्रहरीमा उजुरी

काठमाडौं। फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ। उनीहरुले अमेरिका लैजान्छु भनेर डेढ करोड ठगी गरेको दाबीसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो।

शंकर र ऋचा घिमिरे दम्पती लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्, र हाल उनीहरू आफ्नो फिल्म ‘तेल भिसा’को प्रदर्शनका लागि काठमाडौंमा उपस्थित छन्। यो फिल्मको छायांकन अमेरिकामा गरिएको छ र यसको कथावस्तु पनि अमेरिकास्थित नेपाली समुदायको जीवनमा आधारित छ। फिल्मको प्रदर्शन मंसिर ७ गते तय गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका