जोडिनुहोस
  • होमपेज
  • त्रिकोणात्मक टी२० सिरिजः रोहितको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी

त्रिकोणात्मक टी२० सिरिजः रोहितको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी

काठमाडौं। क्यानडामा जारी त्रिकोणात्मक टी२० सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव ५ ओभरमा १०१ रन जोड्दै अलआउट भयो। ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा १५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो।

नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए। टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए।

ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सन झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका