जोडिनुहोस
  • होमपेज
  • त्रिशूलीमा ग्याँस बुलेट खस्दा बेपत्ता भएका चालक फेला

त्रिशूलीमा ग्याँस बुलेट खस्दा बेपत्ता भएका चालक फेला

धादिङ। पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट आइतबार बिहान त्रिशूली नदीमा ग्याँस बोकेको बुलेट खस्दा बेपत्ता भएका चालक सामान्य घाइते भएको अवस्थामा सम्पर्कमा आएका छन् । चितवनबाट काठमाडौंतर्फ ग्याँस बोकेर जाँदै गरेको एनएल–०२एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडी त्रिशूली नदीमा खसेको थियो ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्याँस बुलेट तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो । बुलेटका सहचालक भने अझै बेपत्ता छन् । बेपत्ता खोज्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको कमान्डमा गोताखोर सहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ ।

गाडीको अघिल्लो भाग भीरमा अड्किएको भए पनि ग्याँस बोक्ने पछाडिको भाग (बुलेट) भने त्रिशूली नदीमा खसेको थियो । दुर्घटनाको खबर पाएर घटनास्थलमा पुगेको प्रहरीले बुलेबाट ग्याँस लिक भएको बताएको छ । नदीको बीचमा भएको बुलेटबाट लिक भइरहेको ग्याँस सकिन दुई दिनभन्दा बढी लाग्ने जानकारहरूलाई उद्धृत गर्दे घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घटनास्थल आसपासमा बस्ती नभएका कारण थप जोखिम नदेखिएको भए पनि सतर्कता अपनाउन प्रहरी परिचालन भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । ग्याँस बुलेट बगाएर दुर्घटनास्थलबाट ५० मिटर परसम्म पुगेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका