जोडिनुहोस
  • होमपेज
  • त्रिशूलीमा ट्रक खसेको घटना शङ्कास्पद, चालकको मोबाइल अफ, अनुसन्धान गर्दै प्रहरी

त्रिशूलीमा ट्रक खसेको घटना शङ्कास्पद, चालकको मोबाइल अफ, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल (२५ किलो) भन्ने ठाउँबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन्।

चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए। ना६ ख ६२८३ नम्बरको ट्रक सूर्यमुखी तेल बोकेर काठमाडौं आउँदै थियो। ट्रकमा २२ सय २५ कार्टुन तेल लोड गरिएको थियो।

प्रहरीका अनुसार दुर्घटना शङ्कास्पद रहेकोले अनुसन्धान गर्नुपर्ने देखिएको छ। डीएसपी रिजालले भने, ‘घटना अनुसन्धान गर्नुपर्ने देखिएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका