जोडिनुहोस
  • होमपेज
  • थाइल्यान्डमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा २० बालबालिकाको मृत्यु

थाइल्यान्डमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा २० बालबालिकाको मृत्यु

एजेन्सी। थाइल्याण्डको राजधानी बैंककबाहिर प्राथमिक विद्यालयका ६० बालबालिका बोकेको एउटा बस दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परेर २० जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यसैगरी १६ जना बालबालिका र तीन जना शिक्षकले भनेर भागेर ज्यान जोगाएका बताइएको छ । अझै केही बिद्यार्थी र शिक्षकहरु हराइरहेका छन् । दुर्घटनामा परेको बस आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गर्मीका कारण अनुसन्धानकर्ताहरू गाडीभित्र पस्न नसकेको बताइएको छ । उत्तरी प्रान्त उथाई थानीको बिद्यालयको शैक्षिक भ्रमण बाट फर्केका बालबालिका र शिक्षकहरू बोकेको बस दुर्घटना भएको हो।

थाइल्याण्डका यातायात मन्त्रीले दुर्घटनाबारे जाँच गर्ने बताएका छन् । सो बस ग्याँसबाट सञ्चालित भएको अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका