जोडिनुहोस
  • होमपेज
  • दक्षिण अमेरिकी बोलिभियामा गाडी सडकबाट खस्दा कम्तीमा ३० जनाको ज्यान गयो

दक्षिण अमेरिकी बोलिभियामा गाडी सडकबाट खस्दा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाडौं। दक्षिण अमेरिकी देश बोलिभियाको पहाडी सडकमा गाडी दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दक्षिण–पश्चिमी जिल्ला योकाल्लामा गाडी सडकबाट तल खसेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एक स्थानीय अस्पतालका एक अधिकारीले दुर्घटना चार बालबालिकासहित १४ जना घाइते भएको बताएका छन् । स्थानीय समाचार संस्था युनिटेलले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाएको छ ।

तीव्र गतिका कारण चालकले बसलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने अधिकारीहरूको अनुमान छ । बोलिभियामा विशेषगरी पहाडी क्षेत्रहरूमा निकै खराब सडकहरू रहेका छन् ।

दुर्घटना पोटोसी र ओरुरो शहरको बीचमा भएको प्रहरीले जनाएको छ । यसलाई बोलिभियामा यो वर्ष अहिलेसम्मको सबैभन्दा गम्भीर दुर्घटना मानिएको बीबीसीको खबरमा उल्लेख छ ।

गएको महिना पनि पोटोसी नजिकै बस सडकबाट खस्दा १९ जनाको ज्यान गएको थियो । सरकारी तथ्याङ्क अनुसार झन्डै १२ करोड जनसङ्ख्या भएको देशमा गाडी दुर्घटनाका कारण हरेक वर्ष औसतमा एक हजार चार सय जनाको ज्यान जाने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका