जोडिनुहोस
  • होमपेज
  • दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

काठमाडौं। अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीमा मनमाया दमाई र सुष्मा तामाङले पहिलो पटक मौका पाएका छन् । यस्तै रेनुका हमाल र चन्द्रा भण्डारी टोलीमा फर्किएका छन् । टोलीको गोलकीपरमा कप्तान एन्जिलासहित, अञ्जना राना मगर र उषा नाथ छन् ।

यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन् । मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

आउँदो सोमवार फागुन ५ गतेदेखि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुने चारदेशीय महिला फुटबल प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तान छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका