जोडिनुहोस
  • होमपेज
  • दसैँ–तिहारमा काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन

दसैँ–तिहारमा काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन

काठमाडौं। काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।

दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्रहरीको आकलन छ। लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध हुनसक्ने प्रहरीको आकलन छ।

बन्द पसल तथा खाली घरमा चोरी हुनसक्ने र धार्मिक तथा किनमेल स्थलमा पकेटमारी र स्न्याचिङ हुनसक्ने सुरक्षा चुनौती देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए। उनले भने, ‘सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको छ।’

काठमाडौं प्रहरीले घटनाको सूचना पाएको ५ देखी १० मिनेटमा पहिलो रेस्पोन्स गर्ने र ३० मिनेटभित्र वृहत् प्रतिकार्य पुरा गरिने एसएसपी रजौरेले बताए।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका