जोडिनुहोस
  • होमपेज
  • दुई दिनको पानीले दुई–तिहाइ सरकारको औकात देखाइदियोः रास्वपा

दुई दिनको पानीले दुई–तिहाइ सरकारको औकात देखाइदियोः रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइएको भन्दै टिप्पणी गरेका छन्।

आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइदिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

’दुईतिहाइको सरकार सक्षम र यस्ता विपदहरूसँग लड्छ भन्ने आशा थियो, हर्क, बालेन र कुलमानजस्ता नेताहरूलाई लखेट्न मात्र बनेको रहेछ,’ उनले भने, ’मान्छे मरिसकेपछि मोबाइलमा रिङटोन राखेर राज्य संयन्त्रको भूमिका देखिँदैन। यो गठबन्ध गैरजिम्मेवार भएको देखियो। ’

यसअघिको गठबन्धन सरकारले रास्वपाको सभापति गृहमन्त्री हुँदा असोज १७ गतेसम्म बाढीपहिरोको जोखिम हुने र सतर्कता अपनाउनका लागि भनिएको उनले बताए। तर त्यसलाई वर्तमान सरकारले कार्यान्वयन गर्न नसक्दापनि यतिधेरै क्षति ब्यहोर्नुपरेको उनले जानकारी दिए।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका