जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश

दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ। बन्दीप्रत्‍यक्षीकरणको मुद्दामा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको हो।

प्रसाईंका छोरा निराजनले प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको, जिल्ला अदालत काठमाडौंको आदेश पछि पनि हिरासतमै राखेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।

त्यसमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेका हुन्। यस मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रहरी प्रधान कार्यालय नक्साल, गृहमन्त्रालय र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएको हो।

अहिले प्रसाईंमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। उनले एक व्यक्तिलाई भारतमा परिचालन गरी व्यापारी तथा उच्चस्तरीय व्यक्तिलाई धम्की दिन लगाएको आरोप छ।

यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई मंसिर २७ गते साइबर अपराधमा ४० हजार धरौटी माग गरी छाडेको थियो। सीआईबीमा उनीविरूद्ध अर्को पक्राउ पुर्जी तथा अनुसन्धान भइरहेको हुँदा उनलाई पुनः पक्राउ गरी अनुसन्धान गरेको छ।

प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका