जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको अनुरूप जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्युरोले अनुमति माग गरेको हो। अदालतले सोही मुद्दामा युट्युवर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका