जोडिनुहोस
  • होमपेज
  • रामेछापमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु, ३ जना घाइते

रामेछापमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं। रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ।

शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए। अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ।

वडाध्यक्ष बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका