जोडिनुहोस
  • होमपेज
  • देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक

देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीवार छलफलका लागि बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् ।

सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अन्र्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले बताए । ‘यो संसद् बैठक बस्नुअघिको वामवर्क बैठक हो, मन्त्रीहरूले के–के काम गरिरहनु भएको छ भनेर जानकारी गराउने कुरा पनि हो,’ उनले भने ।

सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने पार्टीका एक पदाधिकारीले बताए ।

‘केही मन्त्री बारम्बार विवादमा आइरहनु भएको छ । त्यस्ता मन्त्रीको इमेजले समग्र पार्टीको इमेज बिग्रेको छ,’ ती पदाधिकारीले भने,‘त्यसबारेमा पनि हामी गम्भीर छलफल गछौं ।’

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका