जोडिनुहोस
  • होमपेज
  • दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार भने घट्यो

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार भने घट्यो

काठमाडौं। आइतबार बैंकिङ समूहको उच्च वृद्धिले शेयर बजार दोहोरो अंकमा बढेको छ।

यसदिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ। बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ। अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो।

बजार खुलेपछि आक्रामक बढ्ने संकेत देखिए पनि निरन्तरता दिन सकेन। बजार खुलेको पाँच मिनेटमै नेप्से २६४२ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो। दिउँसो २ः२७ बजे २५७० अंकसम्म झरेको थियो। त्यसपछि बजार केही सम्हालियो। १३८ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १२ को स्थिर रह्यो। बैंकिङ सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो। बजार पूँजीकरणका आधारमा यो समूह सबैभन्दा शक्तिशाली रहेकाले यसले समग्र परिसूचकलाई बढी प्रभाव पार्दछ।

विकास बैंक ०.६६, हाइड्रोपावर ०.३१, लगानी ०.६२, जीवन बीमा ०.२४, निर्जीवन बीमा ०.४७, अन्य ०.४१ र व्यापार ०.०७ प्रतिशत बढे। माइक्रोफाइनान्स ०.१८, उत्पादन ०.१९, होटल तथा पर्यटन ०.६१ र फाइनान्स समूह ०.१७ प्रतिशत घटे। इस्टर्न हाइड्रोपावर तथा अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। सयपत्रि हाइड्रोपावरको ८.३, स्टान्डर्ड चार्टड बैंकको ३.९७, मध्यभोटेकोशीको ३.८ प्रतिशत मूल्य बढ्यो। रावा इनर्जीको मूल्य ८.६ प्रतिशत घट्यो। स्वरोजगार लघुवित्तको ७.४ तथा साहस ऊर्जाको ४.२ प्रतिशत मूल्य घटेको छ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका