धनगढी। धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ।
शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका–२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले ढलेर बेहोस भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताए।
उनको हृदयघातका कारण मृत्यु भएको आशङ्का गरिएको छ। बोहोराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।