जोडिनुहोस
  • होमपेज
  • धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई, असोज ३ देखि सर्वसाधारण चढ्न पाउने

धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई, असोज ३ देखि सर्वसाधारण चढ्न पाउने

काठमाडौं। काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा असोज ३ देखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

स्रोतका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ। २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धरहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो। महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो।

बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरेको ती मन्त्रीले जानकारी दिए। बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ। यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ। १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो। त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो।

अब यसमा दुइटा लिफ्ट जडान गरी धरहरा चढ्न सकिने सुविधा मिलाइँदै छ। भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ। धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ। प्रशासनिक भवन र सङ्ग्रहालय समेत यहाँ बन्दैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका