धादिङ। धादिङको जोगीमारामा चार वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको जोगिमाराको हुग्दी खोला नजिक चौकिटारमा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ५८९१ नम्बरको माइक्रोबसले नेपाली सेनाको ना १ झ १०५० नम्बरको जिप र सोही दिशातर्फ जाँदै गरेको प्रदेश ०२–०३–०० १ ज ०२२९ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको हो ।
ठक्कर खाएपछि अनियन्त्रित बनेको नेपाली सेनाको जिपले पार्किङ गरी राखेको बा ९४ प ७६७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा माक्रोमा सवार १ जनाको टाउको खुट्टामा चोट लागेको छ भने केही सामान्य घाइते भएका छन् । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।