जोडिनुहोस
  • होमपेज
  • धानबाली नकाट्न किसानलाई आग्रह

धानबाली नकाट्न किसानलाई आग्रह

कञ्चनपुर। मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडि बढाएका छन्। बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण यही असोज १२ गते सम्म सामान्यदेखि भारी वर्षा हुने अनुमान सहितको सूचना जारी गरिए पछि स्थानीय तहहरूले नदी तटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण, विपदमा खटिने विषयगत शाखाहरु, स्थानिय विपद व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपद व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ।

वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले सो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले बताए।

‘किसानको धानबालीमा वर्षाले प्रभाव पार्ने भएकाले सचेत गर्ने कार्य गरि रहेका छौँ,’ उनले भने, ‘योसँगै थारू बाहुल्य क्षेत्रमा नदीनाला र पानी जम्मा हुने ठाउँमा माछा मार्ने कार्य गरिने हुँदा वर्षा भैरहेका बेला चट्याङ पर्ने सम्भावना हुने भएकाले त्यस बारे पनि सचेत पार्दै छौँ।’

बाढी, डुबान र कटानको जोखिम देखिएमा सम्बन्धित वडा कार्यालय, सुरक्षा निकायमा खवर गर्नका लागि आग्रह गरिएको उनले उल्लेख गरे। भारी वर्षा भएमा बस्ती नजिक बाढी र डुबानको जोखिमलाई मध्यनजर गरी वडा कार्यालय र सम्बन्धित सरोकारवालाहरूको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको उनको भनाइ रहेको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका