सुनसरी। सुनसरी प्रहरीले २४८ किलो गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले सोमबार राति गाँजा बरामद गरेको हो।
सप्तकोसी नदीमा चेकजाँच गर्ने क्रममा ३ वटा ट्युबमाथि ८ वटा बोरा आएको देखिएपछि नदी किनारामा निकालेर हेर्दा अवैध लागूऔषध गाँजा रहेको प्रहरीले जनाएको छ।
बरामद गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर ल्याई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। नदीको बाटो हुँदै सप्लाइ हुने गाँजा बरामद गर्नु चुनौती छ।