जोडिनुहोस
  • होमपेज
  • नागढुंगादेखि सिम्लेका बीचमा सम्पर्कमा नआएका यात्रुलाई खोज्दै प्रहरी

नागढुंगादेखि सिम्लेका बीचमा सम्पर्कमा नआएका यात्रुलाई खोज्दै प्रहरी

काठमाडौं। प्रहरीले पृथ्वी राजमार्गको नागढुंगादेखि सिम्लेसम्म सम्पर्कविहीन भइरहेका यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिएको छ।

झ्याप्ले खोला पहिरोमा आइतबार बिहान १४ जना र शनिबार बेलुकीसम्म १४ गरी २८ जनाको शव फेला परिसकेको प्रहरीको भनाइ छ।

झ्याप्ले खोलामा उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरीहरूका अनुसार झ्याप्ले खोलामा कति गाडी र कति यात्रु परेका छन् भन्ने यकिन भइसकेको छैन।

नागढुंगा र सिम्ले क्षेत्रमा सम्पर्कमा आएका तर रातिका समयमा पहिरोमा परेर सम्पर्कविहीन भएका यात्रुहरू छन् भने खोजी भइरहेको प्रहरीको भनाइ छ। झ्याप्ले खोलामा भेटिएका शवहरू महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पुरिएका माइक्रो तथा बसहरू निकाल्ने काम भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका