जोडिनुहोस
  • होमपेज
  • निगमका अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले सोध्यो स्पष्टीकरण

निगमका अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले सोध्यो स्पष्टीकरण

काठमाडौं। नेपाल वायुसेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ।

दुइटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक ४ करोड हाराहारी नोक्सान बेहोर्नुपर्ने भएपछि समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको हो।

स्रोतका अनुसार, नजिकिँदो चाडपर्वकै मुखमा ढिलाइ गर्दै नियमित गर्नुपर्ने विस्तृत मर्मत सम्भार (सी–चेक)मा दुवै वाइडबडी विमान पठाउन ढिलाइ गरेको लगायतका विषयमा सञ्चालक समितिले स्पष्टीकरण सोधिएको हो। ‘निगमको सञ्चालक समितिले सोधेको स्पष्टीकरण हाम्रो (कार्यकारी अध्यक्ष) ज्यूको कार्यालयमा आइपुगेको छ,’ स्रोतले भन्यो।

स्पष्टीकरणमा सञ्चालक समितिका निर्णय कार्यान्वयन नगरेको, राजनीतिक फेरो समातेर ०७८ कात्तिकदेखि निगमको कार्यकारी अध्यक्षमा आइसकेपछि उनकै कारण घाटा वृद्धि हुँदै ४५ अर्ब ऋण व्ययभार ५३ अर्ब रुपैयाँ पुगेको विषयमा जवाफ मागिएको छ।

भदौ १३ गते सञ्चालक समितिमा दर्ता गरेको स्पष्टीकरणको विस्तृत जवाफ अर्को बैठकमा आफैं हस्ताक्षर गरेर बुझाउन कार्यकारी अध्यक्ष अधिकारीलाई निर्देशन दिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका