जोडिनुहोस
  • होमपेज
  • निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको नमुना मतपत्र

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको नमुना मतपत्र

काठमाडौं। मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू निर्वाचन आयोगले तयार गरेको छ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्रहरू तयार गरिएको आयोगले जनाएको छ ।

स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन् । यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमुनाहरू सम्बन्धित सबैको जानकारीको लागि आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।

उक्त नमुना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने भएकोले सो अनुसार आवश्यक व्यवस्था गरी उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक कार्य गर्न गराउन आह्वान गरेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका