जोडिनुहोस
  • होमपेज
  • नेपालको लगातार तेस्रो हार

खेलकुद

नेपालको लगातार तेस्रो हार

  • Sanchar NP
  • आइतवार, मंसिर २३, २०८१
नेपालको लगातार तेस्रो हार

काठमाडौं। क्यानडाले आईसीसी विश्वकप लिग–२ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएकोछ। १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।

क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए। परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए।

दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे। नेपालका सन्दीप लामिछाने २, करण केसी, गुल्शन झा र ललित राजवंशीले १–१ विकेट लिए।

त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अल आउट भएको थियो।

सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए। गुल्शन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए। एक समय २७.१ ओभरमा ८७–७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपालले आठौँ विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए।

करण केसीले २८ बलमा २ चौका र १ छक्कासहित २४, अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४ रनमा आउट भए। आरिफ शेख १०, अनिल साह १ र सोमपाल कामी २१ रनमा आउट भए।

क्यानडाका कलिम सानाले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए। हर्ष थाकेर २, डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १–१ विकेट लिए।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो। नेपालले अब अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ।

नेपाल ७ खेलमा १ मा जितसहित २ अंकका साथ सातौँ स्थानमा छ। क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ। नेदरल्याण्ड्स ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका