जोडिनुहोस
  • होमपेज
  • नेपालमा विदेशी वस्तुको आयात बढ्यो, निर्यात भने झन् झन् घट्दै

नेपालमा विदेशी वस्तुको आयात बढ्यो, निर्यात भने झन् झन् घट्दै

काठमाडौं। नेपालमा विदेशी वस्तुको आयात बढ्दा निर्यात भने झन् झन् घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा आयात बढेको छ, निर्यात भने ओरालो लागेको छ ।

भन्सार विभागका अनुसार साउन र भदौमा दुई खर्ब २६ अर्ब ५४ करोड रुपैयाँको वस्तु विदेशबाट आयात भएको छ । यो गएको आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा एक दशमलव शून्य आठ प्रतिशतले धेरै हो । तर निर्यात भने गएको वर्षको दुई महिनामा भन्दा पाँच दशमलव १२ प्रतिशतले घटेर २५ अर्ब नौ करोड रुपैयाँमै सीमित भएको छ । दुई महिनामा दुई खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ ।

आयात बढ्दा देशमा अर्थतन्त्र केही चलायमान हुने र भन्सार राजस्व बढ्ने सरकारको तर्क रहेको छ । दुई महिनामा भन्सार राजस्व १० प्रतिशतले बढेको छ । दुई महिनामा ७४ अर्ब ३१ करोड रुपैयाँको भन्सार राजस्व सङ्कलन भएको छ, यो गएको वर्षभन्दा ६ अर्ब रुपैयाँले धेरै हो ।

दुई महिनामा सबैभन्दा धेरै ४३ अर्ब २५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै १० अर्बको घिउ तेल, ६ अर्ब २४ करोडको तरकारी र फलफूल, पाँच अर्ब चार करोड रुपैयाँको खाद्यान्नलगायत आयात भएको छ ।

यसैगरी निर्याततर्फ सबैभन्दा धेरै दुई अर्ब १६ करोड रुपैयाँको चिया र कफी निर्यात भएको छ । यस्तै दुई अर्ब ११ करोडको फाइबर, दुई अर्ब १३ करोडको कार्पेट, एक अर्ब ९५ करोडको फलाम र फलामजन्य वस्तु, एक अर्ब ७५ करोडको हस्तकलाका सामान, एक अर्ब २९ करोडको तरकारी र फलफूल तथा एक अर्ब २७ करोड रुपैयाँको खाद्यान्न निर्यात भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका