जोडिनुहोस
  • होमपेज
  • नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै, मन्त्रीहरूको ब्रिफिङपछि दलले निर्णय गर्ने

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै, मन्त्रीहरूको ब्रिफिङपछि दलले निर्णय गर्ने

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोसहितका विपत्तिमा नागरिकका समस्यासँग जोडिने र त्यस्ता समस्याबाट नागरिकलाई बाहिर निकाल्ने विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकमा सुरुमा बाढीपहिरो तथा त्यसबाट निम्तिएको संकट र क्षतिका विषयमा सरकारमा रहेका मन्त्रीहरूले आआफ्ना क्षेत्रको ब्रिफिङ गर्ने कार्यसूची रहेको छ । मन्त्रीहरूको ब्रिफिङपछि संसदीय दलले निर्णय गर्नेछ । नेपाली कांग्रेसले यसअघि नै सांसदहरूको १५ दिनको तलब बाढीपहिरोपीडितका लागि दिने निर्णय गरिसकेको छ ।

दलले आज त्यसलाई औपचारिकता दिँदै संसद् सचिवालयलाई खाताबाटै विपद्का लागि १५ दिनको तलब विपद् पीडितहरूको राहत कोषमा जम्मा गर्न पत्राचार गर्नेछ । संसदीय दलको बैठक अघि १ बजे संसदीय दलको नेताको कार्यकक्षमा संसदीय दल कार्यसमितिको बैठक डाकिएको छ । नेपाली कांग्रेसले विपद् पीडितहरूका लागि ५० लाख पार्टीका तर्फबाट दिने घोषणा गरेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका