जोडिनुहोस
  • होमपेज
  • नेपाल पनि पोलियोको जोखिममा

स्वास्थ्य/जीवनशैली

नेपाल पनि पोलियोको जोखिममा

  • Sanchar NP
  • सोमवार, असार ३०, २०८२
नेपाल पनि पोलियोको जोखिममा

काठमाडौं। आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ। यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ। दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडिओ सन्देश जारी गर्दै पोलियो रोग उन्मूलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेका छन्।

उनले सन्देशमा पोलियो उन्मूलन गर्ने महान अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एकएक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु रहेको उल्लेख गरेका छन्। मन्त्री पौडेलले सुईबाट दिइने पोलियो खोप पनि १४ हप्ताको उमेरमा र नौ महिनाको उमेरमा एकएक पटक लगाउनुपर्ने बताए।

‘अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापरिरहेका छन्, विश्वका कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरस देखिएको हुँदा पोलियोका जोखिम कायम रहेको छ,’ उनले भने, ‘हाम्रो देशको सन्दर्भमा पनि वातावरणमा पोलियो भाइरस भए÷नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको छ।’

संसारबाट पोलियो रोग उन्मूलन नभएसम्म हामी पनि पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने परिस्थिति रहेको मन्त्री पौडेलको भनाइ रहेको छ। उनले नेपालमा पनि पोलियोको जोखिम अझै कम नभएकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको उमेरमा नै पोलियो खोप लगाउन आग्रह गरेका छन्।

मन्त्री पौडेलले पोलियो खोपसँगै सरकारले प्रदान गर्ने सबै खोप लगाउनसमेत अनुरोध गर्नुभएको छ। पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो। पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भिर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ।

पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। नेपालमा पाँच वर्ष मुनिका बालबालिकालाई मुखबाट र सुईबाट दुई तरिकाले पोलियोविरुद्धको खोप प्रदान गरिँदै आइएको छ।

मुखबाट खुवाइने खोप ओरल पोलियो भ्याक्सिन तीनपटक जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा तथा सुईबाट दिइने खोप (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) दुई पटक १४ हप्ता र ९ महिनाको उमेरमा दिने गरिन्छ।

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोग जुनसुकै उमेरका मानिसमा पनि लाग्ने तर बढीजसो पाँच वर्ष मुनिका बालबालिका बढी जोखिम हुने गरेको बताए। पोलियोबाट बच्नका लागि पोलियोविरुद्धको खोप नै लगाउनु रहेको उनको भनाइ छ। पोलियोबाट बच्नका लागि साथै व्यक्तिगत सरसफाइ, शुद्धिकरण गरिएको पानी र स्वच्छ खानामा पनि विशेष ध्यान दिनुपर्दछ।

गत जेठमा टुकुचा खोला र बागमती नदीको सङ्गम स्थल टेकुमा पोलियो जिवाणु भेटिएपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा पाँच वर्ष मुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका