जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौं। नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो।

आज ३२२ कम्पनीको कारोबार हुँदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मूल्यमा सबै भन्दा बढी ९.८५ प्रतिशतले बढेको छ। त्यस्तै, आज ग्रीन भेन्चर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

त्यसैगरी आज अपि पावरको सबै भन्दा बढी ४७ करोड ९९ लाख ६७ हजार २२४ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी १६ लाख ६८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका