जोडिनुहोस
  • होमपेज
  • नेप्से साढे ४४ अंकले बढेपनि कारोबार रकम घट्यो

नेप्से साढे ४४ अंकले बढेपनि कारोबार रकम घट्यो

काठमाडौं। अघिल्ला दुई दिन उच्च अंकले घटेको नेप्से सोमबार ४४.४५ अंकले बढेर २ हजार ५ सय ८.८६ विन्दुमा उक्लेको छ। अघिल्लो दिनको तुलनामा नेप्से १.८० प्रतिशतले बढेको हो। गत बिहीबार ३२ र आइतबार २२ अंकले नेप्से घटेको थियो।

सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। सो दिन ५० हजार ५ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच भए।

ती किनबेचमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आइतबार ४ अर्ब ५ करोड रुपैयाा बराबरको शेयर कारोबार भएको थियो।

आइतबारको तुलनामा सोमबार कारोबार संख्या र किनबेच भएका शेयर कित्ता पनि घटेको छ। सोमबार २१० कम्पनीको शेयरमूल्य बढ्दा ३३ वटाको घट्यो, बाँकी एउटा कम्पनीको शेयरमूल्य स्थिर रहयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका