जोडिनुहोस

आर्थिक

नेप्से २८३० अंकमा

  • Sanchar NP
  • सोमवार, अशोज २१, २०८१
नेप्से २८३० अंकमा

काठमाडौं। मंगलबार पनि शेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ। अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो।

नेप्से परिसूचक यस दिन ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको छ। परिसूचक बढ्दा कारोबार रकम सामान्य बढेको छ। अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको भयो। कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो।

यस दिन बीमा क्षेत्रमा आकर्षण देखियो। निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढ्यो भने जीवन बीमा समूह २.२८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढे।

बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटे।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका