जोडिनुहोस
  • होमपेज
  • न्यायाधीश नियुक्ति नगर्न बारको चेतावनी

न्यायाधीश नियुक्ति नगर्न बारको चेतावनी

काठमाडौं। अवकाश हुन लागेका प्रधानन्यायाधीशले न्यायाधीशको सिफारिस गर्न खोजेको भन्दै नेपाल बार एशोसिएसनले विरोध गरेको छ। बारले एक विज्ञप्ति जारी गरी न्यायपरिषद्को नियमावली नसच्याउँदासम्म उच्च अदालतमा न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिएको हो।

बिदामा बस्नुपर्ने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र संसदीय सुनुवाइको प्रक्रियामा पुगेका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका न्यायपरिषद्का पदाधिकारीहरूले न्यायाधीश नियुक्तिसम्बन्धी निर्णय गर्न खोजेको भन्दै बारले विरोधको कार्यक्रम घोषणा गरेको हो ।

प्रधानन्यायाधीश श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण १८ असोजमा अवकाश हुँदैछन् । गत वर्ष न्यायपरिषद्ले आफ्नो नियमावली संशोधन गरेको थियो । संशोधन अनुसार, न्यायसेवाबाट न्यायाधीश बन्नेहरू रजिष्ट्रार र मुख्य रजिष्ट्रारको हकमा विशिष्ट श्रेणीको पदमा पुगेको मितिदेखि वरियताक्रम गणना हुने व्यवस्था गरिएको थियो ।

वरियताक्रम हेरफेरले कतिपय न्यायाधीशहरूलाई मर्का परेको भन्दै बारले विरोध गरिरहेको छ । यसबारेमा समाधान खोज्न न्यायपरिषद्का सदस्य र कानुन व्यवसायी सम्मिलित समिति गठन भएको थियो । त्यसमा समेत सहमति जुटेन । बारले गत वर्षको विवाद नटुङ्गिदासम्म न्यायाधीश सिफारिस गर्न नहुने भन्दै विरोधका कार्यक्रम घोषणा गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका