जोडिनुहोस
  • होमपेज
  • न्युयोर्कमा नेपाली समुदायसँग प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको अन्तरक्रिया कार्यक्रम स्थगित

न्युयोर्कमा नेपाली समुदायसँग प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ।

उक्त कार्यक्रम नेपाली समय अनुसार न्युयोर्कमा सोमबार गर्ने तय भएको थियो। तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएपछि कार्यक्रम स्थगित गर्नु परेको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ।

साथै, महावाणिज्य दूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरेको जनाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका