जोडिनुहोस
  • होमपेज
  • पाँचथरमा ग्रिनेड विस्फोटः सरकारले मृतक परिवारलाई ५ लाख दिने र घाइतेको निःशुल्क उपचार गर्ने

पाँचथरमा ग्रिनेड विस्फोटः सरकारले मृतक परिवारलाई ५ लाख दिने र घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौं। पाँचथरको फालेजुङ गाउँपालिका–५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए।

दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका ५ मा भदौ १४ मा भएको विस्फोटमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो।
विस्फोटमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए। कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ।

केही दिन अघि मन्त्री पौडेलले अस्पतालमा गएर उपचाररत बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा सरकारले सघाउने प्रतिबद्धता परिवारसमक्ष जनाएका थिए। त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका