जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन

पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन

काठमाडौं। पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ। भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन्।

उनीहरूलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो। सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ। १०० भन्दा बढी प्रहरीहरु घाइते भएका छन्। स्थिति बिग्रिँदै जान थालेपछी सरकारले सेना परिचालन गरेको हो।

इस्लामावाद प्रशासनले पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार कानुनी व्यवस्था बहाल गर्न सेनाको सहारा लिएको बीबीसीले जनाएको छ। यसको पुष्टि इस्लामावादका डेपुटी कमिश्नल इरफान मेमनले गरेका छन्।

पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार सुरक्षा व्यवस्थामा खलल पु¥याउनेमाथि गोली हान्न पाउनेसम्मको अधिकार हुन्छ। इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ताहरुले मार्चपास गर्दै इस्लामावादको संसदसम्म पुग्ने घोषणा गरेका छन्। उनीहरुलाई रोक्ने उद्देश्यले नाकामा कडाइ गरेको छ।

यसै वर्ष जनवरीमा इस्लामावादको एक अदालतले ७२ वर्षीय इमरान खानलाई भ्रष्टाचार आरोपमा १४ वर्षको जेल सजाय र २० लाख पाकिस्तानी रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनले जेलभित्रैबाट कार्यकर्ताहरूलाई देशव्यापी प्रदर्शन गर्न आह्वान गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका